Loving nepal news

Saturday, January 16, 2010

कृष्णाले आज राष्ट्रपति यादवलाई भेट्ने

काठमाडौं, २ माघ (दैनिकी)

नेपालको तीन दिने भ्रमणमा रहनु भएका भारतीय बिदेशमन्त्री एसएम कृष्णाले आज पनि राजनितीक भेटघाटलाई जारी राख्नु हुने भएको छ । उहाँले आज दिउसो ४ बजे सीतलनिवासमा राष्ट्रपति डा रामबरण यादब ३ बजे कग्रेस सभापतिका गिरीजा प्रसाद कोइराला र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँझ ५ बजे भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
त्यसअघि भारतीय विदेशमन्त्री कृष्णा एकीकृत जाँच चौकीको उद्घाटनका लागि वीरगञ्ज जाँदै हुनुहुन्छ । बीरगन्जमा उहाँले यसअघि नै सन्चालनमा आएको सुखा बन्दरगाहामा अवस्थित एकीकृत जाँच चौकीको औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वीरगन्जबाट फर्किएपछि विदेशमन्त्री कृष्णाले औपचारिक भेटघाट शुरु गर्नुहुनेछ । यसैबीच विरगाज जानु अघि विदेशमन्त्री कृष्णाले आज पशुपतीमा गई दर्शन गर्नुभएको छ ।
सञ्चारकर्मीमाथि दुर्व्यवहार
उहाँले पशुपति दर्शन गर्न जाँदा सुरक्षाकर्मीहरुले नेपाली सञ्चाकर्मीहरुमाथि दुर्व्यहार गरेका छन् । भारतीय सञ्चाकर्मीलाई भने पशुपतिको गेटैसम्म पुगेर छायाँकन गर्न दिएका सशस्त्र र जनपदका प्रहरीहरुले नेपाली सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका हुन् ।

हिजो काठमाडौ आइपूग्नु भएका कृष्णाले हिजै प्रधानम्ान्त्री माधब कुमार नेपाल र उपप्रधान एवं परराष्ट्रमन्त्री सुजता कोइराला सँग्ा भेटवार्ता गनुएभएको थियेा । यसैगरी हिजो नै नेपाल भारतवी ग्रामीण विद्युतकिरण स्टक एक्सचेाज हुलाक सडक निर्माण र विज्ञान अध्ययन केन्द्र स्थापना सम्बन्धी चारवटा समझदारी पत्रमा हस्ताक्षेर भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks