कार्यविधि र थप सदस्य चयनका आधार तय गर्न ६ सदस्यीय कार्यसमिति
काठमाडौं, ५ माघ (दैनिकी)
शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुराएर नयाँ संबिधान समयमा निर्माण गर्नका लागि बनाइएको भनिएको उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकले कार्यविधि र थप सदस्य चयनका आधार तय गर्न ६ सदस्यीय कार्यसमिति बनाएको छ ।
कार्यसमितिमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ तथा एमालेबाट भरतमोहन अधिकारी रहनु भएको छ ।
समितिलाई दुई दिनभित्र उच्चस्तरिय संयन्त्रको कार्यविधि आचारसंहीता र थप गरिने सदस्यहरुबारे सुझाव दिन भनिएको छ ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला निबास महाराजगंजमा बसेको बैठकमानेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो भने स्थायी आमन्त्रित सदस्य प्रधानमन्त्री माधवकुमार नेपाल कार्यव्यस्तताका कारण पूरा समय बस्नु भएन । प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण बीचमै बैठक छाड्नु भएको हो ।
राजनीतिक गतिरोध चुलिदै गएपछि गत पुस २२ गते कग्रेश सभापति कोइरालाको संयोजकत्वमा माओबादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनाल सदस्य रहेको तीन सदस्यीय उच्च स्तरिय सयन्त्र गठन भएको थियो ।
उच्चस्तरीय राजनीतिक सयन्त्रले शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याई समयमै नयाँ सबिधान निमार्ण गर्ने र जारी राजनीतिक गतिरोध सहमतिको आधारमा अन्त्य गर्न महत्वपुर्ण भुमिका खेल्ने बताइएको छ । तर गठनको दुई साता वितीसक्दा पनि संयन्त्रमा थप सदस्यहरु को को रहने कार्य विधि र कार्यक्षेत्रको बारेमा कुनै टुङ्गो लाग्न सकेको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks