विजेता सिंह/जनकपुर,माघ १५
मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा विहीबार देखि तीन दिनसम्म महोतरी जिल्ला बन्दको आव्हान गरेको छ । महोतरी जिल्लाको मठिहानीमा रहेको गुठीको जमिनमा सुकुम्बासीहरु गएर बसेको विरुद्धमा पुलीसले गरेको दमनको बिरोधमा मोर्चा विहीबार देखि तिन दिनसम्म बन्दको घोषणा गरेको छ । बन्दको कारण महोतरीबाट चल्ने सवारी साधन बन्द रहेको छ भने पठन पाठन ठप्प रहेको छ । मोर्चाको १४ बटा कार्यकर्तालाई पुलिसले पक्राउ गरेको थियो । पक्राउ परेको व्यत्तिहरुलाई राती ११ बजे प्रहरीले छोडेको थियो । पुलीसले ज्यादती, सुकुम्वासीमाथी गरेको दमन तथा घटनाको बिरोधमा मुस्लिम राष्ट्रिय मुक्ति मोर्चाले तिनदिन सम्म हडतालको आव्हान गरेको छ ।
यसै विच महोतरी जिल्लाको बर्दिवासमा लाखौा मुल्य बराबरको खाने नुन प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा भारतबाट ल्याइरहेको डेढलाख मुल्य बराबरको नुन बर्दिबास प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको इलाका प्रहरीले बर्दिवासले जनाइएको छ । ना.२ ख.४४४० नम्बरको ट्रकमा आठ मेटि्रटन नुन भारतीय नाकाबाट हुँदै सिन्धुली जादै गरेको क्रममा चेकजाँच गरेर प्रहरीले पक्राउ गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks