Loving nepal news

Monday, January 18, 2010

नेपाल-भारत सुरक्षामा नयाँ क्रम

गृहमन्त्री भारत जाँदै, भारतीय प्रधानसेनापति नेपाल आउँदै
काठमाडौं, ४ माघ(दैनिकी)

भारतीय विदेशमन्त्री एसएम कृष्णा फर्कने बितिकै भारतीय स्थल सेनाध्यक्ष दीपक कपुर भोलि नेपाल आउनु हुने भएको छ भने गृहमन्त्री भीम रावल नेपाली सुरक्षा टोलीलाई लिएर भारततिर लाग्नु हुने भएको छ ।
सीमा क्षेत्रमा बढ्दै गएको शान्ति सुरक्षाको चुनौतिबारे छलफल गर्न गृहमन्त्री भीम रावल आज भारत जाँदै हुनुहुन्छ । गृहमन्त्री रावलसंगैभ्रमण टोलीमा नेपाल प्रहरीविभाग प्रमुख रमेश चन्द ठकुरी ससस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत र राष्ट्रीय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट सहभागी हुनुहुनेछ । चार दिने भ्रमणका लागि गृहमन्त्री रावल सहितको टोली बिहान ११ बजे जेट एयरको बिमानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा गृहमनत्री रावलले प्रधानमन्त्री मनमोहन सिह गृहमन्त्री पी चिदम्बरम प्रहरी सिमा सुरक्षा बल लगायत विभिन्न सुरक्षा अधिकारीहरुसँग भटवार्ता गर्नुहुने कार्यक्रम छ । भेटका क्रममा लामो समयदेखी हस्ताक्षर हुन नसकेको सुपुर्दगी सन्धी नेपाली भुमीमा हुने भारतविरोधी क्रियाकलाप जाली नोट लगायतका विषयमा छलफल हुने गृहमन्त्रालयले जनाएको छ ।
यस्तै नेपालको प्रहरी प्रतिष्ठानलाई सहयोग गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको जनाइएको छ ।
यसैबीच प्रधान सेनापति छत्रमान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा ममाघ ५ देखि ८ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको लागि भारतीय प्रधानसेनापति नेपाल आउन लाग्नु भएको हो।
उहाँलाई माघ ७ गते राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहका बीच राष्ट्रपति डा रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुने कार्यक्रम छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks