Loving nepal news

Tuesday, January 26, 2010

तीन दल मिले समयमै संविधान निर्माणः कांग्रेस केन्दि्रय सदस्य जोशी

पवन पौडेल तनहुँ माघ ११

नेपाली कांग्रेसका केन्दि्रय सदस्य गोविन्दराज जोशीले प्रमुख तीन दल मिले एक हप्ताभित्रै संविधान निर्माण गर्न सकिने बताउनुभएको छ । दमौलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहााले माओवादी अध्यक्ष प्रचण्ड,कांग्रेस सभापति गिरीजा प्रसाद कोईराला र एमाले अध्यक्ष झलनाथ खनाल एक भए संविधान निर्माण गर्न कुनै पनि शक्ति बाधक बन्न नसक्ने ठोकुवा गर्नुभयो । यसका लागि पहिलो शर्त माओवादी हतियारको व्यवस्थापन भएको उहाँको तर्क थियो ।
देशमा राजनीतिक गतिरोध अन्त्यका लागि तीन दलिय संयन्त्र बनेको तर यसले सत्ता परिवर्तन,संविधान संसोधन आदिमा लागे त्यो जनताप्रति अन्याय हुने नेता जोशीको भनाई थियो । माओवादीले नागरिक सर्वाेच्च्चताको आन्दोलन भन्दै पटक पटक संसद अवरोध गरिरहेकोतर्फ संकेत गर्दै उहाँले यसले नागरिक सर्वोच्चता स्थापित नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो' भारत,गिरीजा र झलनाथको पछाडी दुगूर्दैमा माओवादीले सत्ता प्राप्त गर्न सक्दैन यसका लागि जनताको मन जित्नु आवश्यक छ । आवश्यक छ ।' कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्दि्रय सदस्य अमरराज कैनीले देशको राजनीतिक नेतृत्वलाई सजग गराउन युवाहरु अगाडि आउनुपर्ने बताउनुभयो । उहााले युवाहरु सक्रिय भएर नेतृत्व लिने प्रक्रियामा सरिक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा संविधान सभासद पार्वती थापाले समयमै संविधान बनाउन युवाहरुको साथ आवश्यक रहेको बताउनुभयो । तनहुमा युवाहरुको नेतृत्व विकासका लागी आाफु सधैं लागिपर्ने उहााले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक युवा समाज चापाघाटका अध्यक्ष हिरा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक महेश दाहालले तनहुँ जिल्लाका विभिन्न भागबाट आएका युवाहरुलाई नेतृत्वको बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा करिब पाँच सय युवाको सहभागिता रहेको लोकतान्त्रिक युवा समाजले जनाएको छ । समाजले युवाहरुको नेतृत्व विकासका लागि विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks