सञ्जीव चापागाई,झापा १९ पुस
भारतिय सीमा सुरक्षा वल एस एस वीले दक्षिणी झापाको टाघनडुव्वा हुदै भारत प्रवेशमा नेपालीलाई रोक लगाएको छ । नेपाल-भारतमा सोझो सम्पर्क र सम्वन्ध रहदै आएको सो क्षेत्रका वासिन्दालाई भारतको किसनगञ्ज,दिघलवैंक लगायतका स्थानमा साइकल तथा मोटरसाइकलवाट प्रवेश गर्न रोक लगाएको हो ।
भारतीय क्षेत्र भित्र प्रवेशमा रोक लगाएपछि सो क्षेत्रका नेपाली कृषकहरु सवैभन्द वढी मर्कामा परेका छन ।कृषकहरुले अफुहरुलाई चाहिने दैनिक आवस्यकीय सामन संगै रासायनीक मल र विषादी समेत भारतिय वजारवाट खरिद गर्दै आइरहेका थिए ।भारतिय प्रहरीले यस अघी खुलारुपमा ल्याउन दिइरहेको सामग्रीहरु एकाएक ल्याउन प्रतिवन्ध लगाएपछि आफुहरुलाई समस्या भएको दक्षिणी झापाका स्थानिय वासीको भनाइ छ ।
प्रवेसमा कडाई गरेपछि कुमरखेद,शरणमति,टाघनडुव्वा, राजगढ,चकचकि लगायतका गाविसका हजारौ सर्वसाधारण मारमा परेका छन ।उनिहरुले समस्या समाधानमा नेपाल सरकार मैान हुदा भारतिय एस एस विको हेपाहा प्रवृति मौलाउदै गएको वताएका छन ।
सीमावर्ती जिल्लाका प्रसासनिक निकायवाट औपचारीक रुपमा अनुरोध भएमा त्यसवारेमा सोच्न सकिने भारत सरकारका स्थानिय अधिकारीहरुको भनाइ छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks