कैदीहरुले २० मिटर लामो सुरुंग खने
मनोरञ्जन शर्मा भैरहवा,२माघ
कपिलबस्तु कारागारबाट ८ जना कैदी गएराती फरार भएका छन्। जिल्ला सदरमुकाम तौलीहवाको वडा नम्बर ४मा जिबनगाडीया टोलमा रहेको कारागारको ७ नम्बर कोठाबाट २० मिटर लामो सुरुंग खनी कैदीहरु फरार रहेका हुन्। फरार भएका कैदीहरुमा तराईमा शशस्त्र आन्दोलन गरीरहेका भुभिगत संगठन तराई संयुक्त जनतान्त्रिक मोर्चाका कमाण्डरहरु राम प्रसाद मौर्य,प्रभु तेली,श्रवण कुमार मुराउ रहेका छन्।
त्यस्तै गरी अन्यमा लागु औषधको सजाय भोगीरहेका सन्तोष कहार,जबरजस्ती करणीको मुद्धामा सजाय काटीरहेको सन्त कुमार पासी र हातहतियार खजानाको मुद्धामा सजाय पाएका केदार साहनी,स्कुल अन्सारी र बगेदु मुसलमान रहेको कपिलबस्तुबाट पत्रकार किरणमान बज्राचार्यले बताएका छन्।
सबै जना मध्यरातमा फरार भए पनि जेल प्रशासनले भने बिहान मात्र जानकारी पाएको थियो। उता जिल्लाका सुरक्षा प्रमुखले भने घटनाको जानकारी बिहान ७ बजे मात्र पाएको बताईएको छ।
फरार सबै कैदीहरु भारत प्रबेश गरेको हुन आशंका कपिलबस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरद चन्दले बताउनु भएको छ। कारागार रहेको ठाउबाट भारतीय सिमाना ११ किमी मात्र टाढा रहेको छ।
प्रहरीले खोज तलाश सुरु गरीसकेको जनाएको छ। ७० बर्ष पुरानो उक्त कारागारमा थुनुवा र कैदी गरी १ सय ३७ जना रहेको जेलर सुर्य प्रसाद यादबले बताउनु भएको छ। कारागार सुरक्षा ईन्चार्जमा मन बहादुर थापा सहीत २५ जना सुरक्षाकर्मि परीचालित रहेका थिए। कपिलबस्तु कारागारबाट यो समेत गरी ३ पटक कैदीहरु फरार भैसकेका छन्।
योभन्दा अघि कारागार बाट ६३ सालमा ७ र गत बर्ष ३ जना कैदी फरार भएका थिए।
कारागारका जेलर सुर्य प्रसाद यादबको कार्यकालमा तिनै पटक कैदीहरु फरार भएका हुन्।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद घिमिरेले घटनाको छानबिन हुने बताउनु भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks