लोडसेडिङ्गका कारण मोवाइल सेवाको गुणस्तरमा परेको असर कम गर्न नेपाल टेलिकमले उपत्यकाभित्र विभिन्न स्थानमा व्याकअप क्षमता भएका व्याटि्र जडान गरेको जनाएको छ। मंगलबार राजधानीमा टेलिकमले चालु आर्थिक वर्षको पाँच महिनाको समीक्षा गर्दै उपत्यकाका दुई सय स्थानमा बाह्र घ48टासम्मको व्याकअप क्षमता भएका व्याटि्र जडान गरिसकेको र केहि स्थान जडान गर्ने तयारीमा रहेको जनाएको छ। टेलिकममा प्रवक्ता सुरेन्द्र थिकेका अनुसार टेलिकमले गुणस्तर सुधारका लागि दुईसय स्थानमा सौर्य उपकरण र दश स्थानमा जेनेरेटर संचालन गर्ने कार्य अघि बढाइएको छ। मोवाइल सेवाको गुणस्तरमा आम उपभोक्ताको गुनासो बढिरहेको बेला टेलिकमले थप जनशक्ति परिचालन गरी रेडियो फ्रिक्वेन्सी अप्टिमाइजेशन कार्यलाई प्रभावकारी बनाएको पनि जानकारी दिएको छ। पाँच महिनाको उपलव्धीहरु प्रस्तुत गर्दै प्रवक्ता थिंकेले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्र तोंगबोचेमा समेत भु उपग्रहमार्फत एनटी स्याट क्यू व्या48ड प्रयोग गरी तीनसय क्षमताको जीएसएम सेवा सञ्चालनमा ल्याउनु टेलिकमको उपलब्धि भएको बताउनुभयो। यस अवधिमा देशका चौविस वटा जिल्लामा इन्टरनेट सेवा पुर्याएको टेलिकमले पचहत्तर वटै जिल्लामा सिआर विटीको सुविधा पुगेको जनाएको छ।।
टेलिकम निर्देशक
यसैबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले आर्थिक बर्ष दुइ हजार ६६। ६७ को अन्त्यसम्ममा तीन हजार नौ सय पन्ध्र गाविसमा टेलिफोन सेवा बिस्तार गर्ने बताउनुभएको छ। टेलिकमले फिक्स्ड लाइन पचास हजार, जिएसएम बाईस लाख, सिडिएमए चार लाख पचहत्तर वटै जिल्लामा पुर्याउने टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले बताउनुभयो।
आर्थिक बर्ष दुईहजार छैसठ्ठी/सड्सठ्ठीको अन्तसम्ममा कुल ग्राहकसंख्या सत्तरी लाख पुर्याउने ल73य लिएको टेलिकमले पचहत्तर वटै जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा एडिएसएल पुर्याउने ल73य लिएको पनि निर्देशक सिंहले जानकारी दिनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks