काठमाडौं, १२ माघ (दैनिकी)
नेपाल विद्युत् प्राधिकरणले भोलि बिहीबारदेखि लोडसेडिङको समय बढाएर दैनिक ११ घण्टा पुर्याएको छ। नयाँ तालिकाअनुसार अब दिनको एक पटक ६ घण्टा र एक पटक ५ घण्टाका दरले लोडसेडिङ हुने भएको छ। नदीमा पानीको बहावमा व्यापक कमी आई विद्युत् उत्पादन पनि घटेकाले लोडसेडिङ बढेको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले बताउनुभयो।
आज बुधबारसम्म दैनिक ९ घण्टाका दरले लोडसेडिङ भइरहेकोमा भोलिदेखि २ घण्टा लोडसेडिङ थप भएको छ। प्राधिकरणले यो वर्ष१२ घण्टा लोडसेडिङ हुने प्रक्षेपण गरे पनि योभन्दा बढी हुने भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks