Loving nepal news

Saturday, January 16, 2010

अक्षय शाहरूख खान माथि आक्रमक

काठमाडौं, २ माघ (दैनिकी)

अक्षयले शाहरूख खानसंग सिधै बिवाद गर्न नसक्ने भएकोले हालै अमिताभको आडमा शाहरुख माथि आक्रमण गरेका छन्। अक्षय एक कुशल मानिस तथा खेलाडी भएकोले उनलाई 'कस्लाई कहाँ कहिले आक्रमण गर्नुपर्छ सोको राम्रो ज्ञान भएको देखियो।
हालै उनले अप्सरा पुरस्कार समारोहमा अमिताभ बच्चनलाइ लाइफआइम एचीवमेंट पुरस्कार दिन लाग्दा उनले भने 'अमिताभ एक इतिहाँस हो, उनी आजपनि सम्पुर्ण कलाकारहरुकालागि प्रेरणा स्रोतको रुपमा रहेका छन्। तर हिन्दी चलचित्र उद्योगमा यस्ता कलाकारहरुपनि छन् जसले उनको चलचित्रको नँया सस्करण बनाएर उनको नकल गरी आफ्नो अभिनय देखाउन खोज्छन्।
उक्त कार्यक्रममा अक्षयको कुरालाई शाहरुख खानले गम्भिरतापुर्वक नलिई हावामा उडाई दिएका थिए। फरहा खानको चलचित्र तीसमार खाँ मा शाहरुखको सट्टा अक्षय कुमारलाई लिए देखि यी दुई कलाकार बीच खटपट शुरु भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks