Loving nepal news

Wednesday, January 13, 2010

राजस्व छलेको आरोपमा माओवादीद्वारा झापामा व्यक्तिगत

सञ्जीव चापागाई,झापा २९ पुष

पुर्नगठित माओवादीका कार्यकर्ताहरुले झापाको महेसपुरमा पाच विगाह निजी
जग्ग कव्जा गरेका छन। जग्गा खरीद विक्री गर्द सरकारी राजश्व छलेको भन्दै मातृका यादब नेतृत्वको माओवादीले महेसपुर १ मा रहेको सो जग्गामा झण्डा र व्यानर गाडेर कव्जा गरेका हुन।
स्थानिय सुरेन चन्द्र सिंह राजवंशिको नाममा रहेको उक्त जग्गा भद्रपुरका अरुण
गोयल,हल्दिवारीका जगत बस्नेत र चन्द्रगढीका बेदलाल राजवंशीले संयुक्त रुपमा
खरिद गरी मालपोत कार्यालय चन्द्रगढीबाट पास गराउदा राजस्व छलेको
माओवादीले दावि गरेको छ।
माओवादीका कोचिला राज्य समिती सेक्रेटरी आकाशले आज एक विज्ञप्ति जारी ५८
लाख मुल्यको सो जग्गा १५ लाखमा मात्रै खरिद विक्री भएको देखाएर राजस्व
छलिएको दावि गर्दै जग्गा कव्जा गरीएको जानकारी दिनुभएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks