Loving nepal news

Tuesday, January 5, 2010

चलचित्रको प्रचारका लागि जन्ती निकाले


काठमाडौं, २१ पुष (दैनिकी)

सुष्मिता सेन अभिनित 'दूल्हा मिल गया' चलचित्र लामो समय सम्म अड्केर बसेकोमा हाल पुर्ण भएको छ। यस चलचित्रामा निर्माता विवेक वासवानका मित्र शाहरूख खानले पनि बिशेष भुमिकामा अभिनय गरेको छ। निर्माता तथा प्रचारकले यस चलचित्रको प्रचारका लागी नँया शैली अपनाएको छ। यसका लागी उनीहरुले साच्चैकै जन्ती समेत निकालेका छन्।
चलचित्रको नाम 'दूल्हा मिल गया' भएकोले प्रचार पनि यसलाई ध्यानमा राखेर शुरु गरिएको छ। यस चलचित्रको प्रचारका लागी फरदीन खान तथा जॉनी लीवर पुर्ण रुपमा लागेका छन्। तर यस चलचित्रका अन्य कलाकारहरु सुष्मिता सेन तथा शाहरूख खानले भने यस प्रचारमा भाग लिएनन्। यस चलचित्र जनवरी ८ का दिन देखी प्रदर्शित हुन गइरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks