काठमाडौं, १ माघ (दैनिकी)
राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा शान्ति प्रकि्रया संविधान लेखन माओवादी सेनाको समायोजन लगायतका विषयमा कुराकानी भएको जनाएएको छ ।
प्रधानमन्त्री नेपालले सरकारको काम कारवाही र गतिविधिको बारेमा राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लहाकार रघु पन्तले जानकारी दिनुभयो ।
भेटका अवसरमा उहाँहरुका बीचमा मुलुकको शान्ति प्रक्रिया, संविधान लेखनलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लहकार विष्णु रिजालले बताउनुभएको छ । त्यसैगरी भेटमा प्रधानमन्त्री नेपालले उच्चस्तरीय राजनितीक संयन्त्र साझा संकल्प प्रस्तावका विषयमा दलहरुविच भैरहेको छलफल अन्तरिम संविधानको सातौ संसोधन एकीकृत माओवादीको आन्दोलन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन आफू क्रियाशील रहेको उल्लेख गर्दै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि समयसीमासहित कार्ययोजना अघि सारेको जानकारी गराउनुभयो।
त्यसका लागि सम्बद्ध सबै पक्षको सहयोग हुनुपर्नेमा पनि प्रधानमन्त्री नेपालले जोड दिनुभयो। निर्धारित समयभित्र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने र संविधान लेख्ने कार्यमा दलहरुका बीचमा बनेको संयन्त्र सहयोगी हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभएको छ।
भेटका क्रममा राष्ट्रपति यादवको आसन्न भारत भ्रमणलगायतका विषयमा पनि कुराकानी भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks