Loving nepal news

Friday, January 29, 2010

गाउँलेकै श्रमदानमा मोटरबाटो गाउँ पुग्यो

अम्मर जीसी, सुर्खेत-१५ माघ

सुर्खेतको धुलियाबीट-भेडाबारी सडक अन्तर्गत दहचौर गाउँ बिकास समितिमा ५ किलोमिटर ग्रामिण मोटरबाटो निर्माण कार्यसम्पन्न भएको छ । गाउँ बिकास समितिको सहयोग र गाउँलेहरुको श्रमदानमा दहचौरको वडा नम्बर ३ भट्टेचौर हुँदै वडा नम्बर ४ सुर्यज्योती प्राबीसम्मको मोटरबाटो निर्माण सम्पन्न भएको हो । गएको पुस २० गतेबाट गाउँलेहरुले खन्न सुरु गरेको मोटरबाटोको काम आज सकिएपछि गाउँलेहरु निक्कै हर्सित भएका छन् ।
डेढ लाख रुपैयाँ बराबरको जनश्रमदान, दहचौर गाबिसको ९५ हजार र सन्तबहर सामुदायीक बनको ३० हजार गरी २ लाख ७५ हजार रुपैयााको लगानीमा मोटरबाटो गाउँ पुगेको हो । गाउँमा मोटरबाटो पुगेपछि तरकारी, फलफुललगाएतका उत्पादनले बजार पाउने र बिरामी हुँदा समयमा उपचार पाउनेमा गाउँलेहरु ढुक्क भएका छन् । अब केहिदिनमै गाउँमा गाडी पुर्‍याउने ग्रामीण मोटरबाटो निर्माण समितिका अध्यक्ष रामबहादुर रानाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks