यादव चौलागाइ,२८ पुष
एकिकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामीछानेले नेपाली राष्ट्रियता संकटमा परेकाले राष्ट्रिय स्वाधिनताको पक्षमा सम्पुर्ण नेपाली एक हुनुपर्ने समय आएको बताउनुभएको छ। अनेरास्ववियू(क्रान्तिकारी)को रााष्ट्रिय स्वाधिनताका लागि विद्यार्थी जागरण अभियान अन्तर्गत बुधबार महेन्द्र ऊच्च मावि पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै सभासद लामिछानेले विद्यार्थी बौद्धिक बर्ग भएकाले राष्ट्रिय स्वाधिनताको पक्षमा आम नेपालीलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो।
अखिल क्रान्तिकारी महेन्द्र ऊच्च मावि इकाई अध्यक्ष पञ्च वाइवा को सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा (माओवादी) ३ नं क्षेत्रीय संयोजक भीम पाख्रीन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विजय हमाल, जिल्ला अध्यक्ष चुडामणि रुपाखेत माओवादी पदमपोखरी इन्चार्ज धावा लामा र प्राचार्य गोविन्द चौलागाइ लगाएतकाको उपस्थिती रहेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks