अंगरक्षकको मृत्षु
काठमाडौं, २७ पुष (दैनिकी)
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लका अंगरक्षक आनन्दराज खड्काको सोमबार बिहान गोली प्रहार गरी हत्या गरिएको छ । बिहान करिब साढे १० बजे रानिघाटस्थित निवासबाट अफिस जाने क्रममा खड्कालाई अज्ञात हतियारधारीले गोली प्रहार गरेको थियो ।
उहाँको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदहुँदै मृत्यु भएको छ । आक्रमणबाट सहायक प्रमुख जिल्ला अधिकारी मल्ललाइ बचाउने क्रममा अङ्गरक्षक खड्कालाई लागेको थियो । दुई वटा गोली अंगरक्षक खड्कालाई लागेको थियो ।
सहायक प्रजिअ मल्ल पनि अहिले उपचारका लागि सो अस्पतालमा भर्ना हुनु भएको छ । सामान्य घाइते सहायक प्रमुख जिल्ला अधिकारी मल्लको अहिले अस्पतालमा उपचार भइरहेको छ । यसैबीच गोली प्रहारको जिम्मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका पर्सा इन्चार्ज संन्दिपले आफ्नो कमाण्डमा गएको समूहले गोली प्रहार गरेको साचारमाध्यमहरुलाई फोनबाट दावी गरेका छन ।
गोली प्रहार लगत्तै प्रहरीले वीरगञ्जलाई नाकाबन्दी गरी खोजबिन थालेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks