Loving nepal news

Sunday, January 31, 2010

उच्च स्तरीय सहमति नबने जेठ १४ मा संबिधान जारी हुन

दशरथ घिमिरे लमही माघ १७

मधेसिजनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले प्रमुख राजनैतिक दलहरुका बिचमा उच्च स्तरीय राजनैतिक सहमति नबने तोकिएको समयमा नयां संबिधान जारी हुन नसक्ने खतरा रहेको बताउनु भएको छ । पार्टि कार्यकर्ता भेट घाट कार्यक्रममा लमही आउनु भएका अध्यक्ष यादबले आईतबार पत्रकारहरु संग कुरा गर्दै नयां संबिधान सहमतिको आधारमा बनाउनु पर्ने भन्दै राष्ट्रिय सहमतिका आधारमा नयां सरकार नबनाउदा सम्म निर्धारीत समयमा नयां संबिधान जारी गर्न नसकिने बताउनु भएको छ।
वर्तमान राजनैतिक कृयाकलापका आधारमा २०६७ जेठ १४ मा जनभावन अनुकुलको संबिधान जारी गर्न नसकिने अबस्था रहेको उल्लेख गर्दे संबिधान समयमै जारी गराउन लगाएत नयां संबिधानमा अल्पसंख्यक, आदिबासि पिक्षडिएका समुदायको अधिकार सुनिश्चितताका लागि संघर्षमा जानुको बिकल्प नरहेको घोषणा गर्नु भएको छ । वर्तमान सरकार सेना समायोजन, संबिधान निर्माण, शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्‍याउन गंभिर नभएको आरोप लगाउदै यि सबै बिषयहरुलाई तार्किक बनाउन राष्ट्रिय सहमतिमा नयां सरकार निर्माण गरीनु पर्ने अध्यक्ष यादबले उल्लेख गर्नु भएको छ । संबिधान निर्माणको कामलाई छाडेर सरकार सत्ता टिकाउने खेलमा मात्र लागि परेको छ, यो बिचमा जन भावना अनुकुलको नयां संबिधान बनाउन सकिने अबस्था छैन यादबले भन्नु भयो ।
एक अर्को प्रसंगमा फोरम अध्यक्ष यादबले संघियता बाट फर्कियर पुनः एकात्मक प्रणालिमा फर्किन सम्भव नरहेको बताउनु भएको छ । संघियताका बारेमा वर्तमान सरकारका जिम्मेवार पदमा बसेका हरुलनै संघियताको बिरुद्धमा बिवादित कुराहरु सार्वजनिक गर्नुले देशमा नयां संबिधान जारी हुन नदिन षडयन्त्र भएको पनि दाबि यादबले गर्नु भएको छ । यसै गरी राज्य पुर्नसंरचना समितिले दिएको संघियताको नक्साङ्कन अ-बैज्ञानिक र अ-ब्यबहारी भएको दाबि गर्नु भएको छ । राज्य पुर्न संरचना आयोगले संघियताको बारेमा दिएको नक्साङकन प्रतिनै हाम्रो आपत्ति र घोर बिरोध छ, उहांले भन्नु भयो ।
क्षेत्रिय स्वायत्तताका लागि थरुहट संयुक्त संघर्ष समिति संग सहमति गरेर सयुक्त संघर्षमा जाने निर्णय भएको बताउदै प्रदेशको नाम के राख्ने बिषयमा नभई क्षेत्रिय स्वायत्तताका लागि भएको स्पष्ट पार्नु भएको छ । क्षेत्रिय स्वायत्ततामा बसोबास गर्ने अल्प संखेक, आदिबासि, मधेसि, दलित लगाएतका जातिहरुले आफ्नो जनसंख्याको आधारमा अधिकार, स्वायत्तता पनउनु पर्ने बिषय सहित निर्धारीत समयमा संबिधान जारी गरीनु पर्ने संयुक्त आन्दोलनको प्रमुख उदेश्य रहेको दाबि गर्नु भएको छ । प्रादेशिक स्वायत्तका लागि थरुहट संघर्ष संग सहमति गरेर संघर्षमा उत्रियको भनाई उहांको छ ।
आईतबार लमहीमा मधेसिजनअधिकार फोरमा जिल्ला कार्यसमितिले देशको समसामायिक बिषय माथि कार्यकर्ता प्रशिक्षण भेला गरेको छ । त्यस क्रममा फोरम अध्यक्ष यादबले मधेसिहरुको अधिकार संबिधानमा सुनिश्चित नहुदा सम्म संघर्ष जारी रहने भन्दै संघर्षमा उत्रिन कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । जिल्ला अध्यक्ष रामसरण यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केशबराम यादब, जगतराम यादब, तारा यादब, राजु यादब लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन फोरम जिल्ला सचिव अशोक यादबले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks