Loving nepal news

Sunday, January 24, 2010

संबिधान निर्माणका लागी बिद्यार्थीको दवाव अभियान

अम्मर जीसी सुर्खेत-१० माघ

तोकिएकै समयमा नयाँ सबिधान जारी गर्नका लागि दवाव दिन भन्दै एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतले आजदेखि दबाव अभियान सुरु गरेको छ ।
राजनीतिक दलहरु सत्ताको लुछाचुँडीमा केन्द्रित भएका कारण नयाँ सबिधान निर्माण कार्य पछि परेकाले दबाव स्वरुप अभियान सुरु गरिएको अनेरास्ववियुले जनाएको छ ।
२ महिने अभियानका बेला अन्तक्रिया, हस्ताक्षर संकलन र सभाहरु गरिने जनाईएको छ ।
यस्तै जिल्लाका सबै बिद्यालयहरुमा संबिधान निर्माणका बारेमा छलफल गर्ने, भण्डाफोर, ज्ञापन पत्र बुझाउने र र्र्यालीको आयोजना गरीने अनेरास्वबियुले जनाएको छ ।
वीरेन्द्रनगरमा आजै अनेरास्ववियुले संबिधान निमार्णका लागी दबाव र्र्याली प्रदर्शन गरेको छ ।
क्याम्पस शिक्षाबाट सुरु भएको र्र्याली वीरेन्द्नगर बजार परिक्रमा पछि वीरेन्द्न चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अनेरास्वबियुका केन्द्रिय सदस्य एवं सुर्खेत क्याम्पस शिक्षाका स्वबियु सभापती कमल सिंजापती, स्वबियु सचिव सुशिल थापालगाएतले आफ्नो भनाई राख्नुभएको थियो ।
संघियताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैंठौले पनि राष्ट्रियताको रक्षाका लागी भन्दै सुर्खेतमा एक महिने विद्यार्थी जागरण अभियान चलाईरहेको छ ।
प्रमुख दलहरुले अध्ययन नै नगरी मुलुकलाई संघियतामा लैजाने निर्णय गरेर देश टुक्राउने षड्यन्त्र गरेको भन्दै अभियान थालिएको छैंठौले जनाएको छ ।
अभियानका बेला जिल्लाका सबै विद्यालयहरुमा संघियताको खारेजी र राष्ट्रियताको पक्षमा बहसहरु संचालन गरिने संगठनका जिल्ला अध्यक्ष जीवन शाहीले बताउनुभयो ।
एक महिने अभियानका क्रममा अर्न्तक्रिया, गोष्ठी, भित्तेलेखन र प्रशिक्षणहरु संचालन गरी विद्यार्थीहरुमा राष्ट्रियताको भावना जागृत हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
शिक्षामा हुने राजनितिक भागबन्डा र वैदेशिक हस्तक्षेपका विरुद्ध भण्डाफोर समेत गरिने छैठौँले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks