राष्ट्रियतामाथि खुल्लारुपमा भएको प्रहार देखिरहदा समेत सरकार मौन वस्नु दुर्भाग्य पुर्ण
सञ्जीव चापागाई, झापा १६ माघ
एकीकृत माओवादीका केन्द्रीय सदस्य गोपाल किरातील मुलुकको राष्ट्रियतामाथी सवै तिरवाट प्रहार भइरहेको अहिलेको अवस्थामा सरकार मुखदर्शक भएर वस्नु दुर्भाग्यपुर्ण भएको वताउनुभएको छ । भारत लागायतवाट राष्ट्रियतामाथि खुल्लारुपमा भएको प्रहार देखिरहदा समेत एमाले,काग्रेस लगायतका दलहरु चुपलागेर वसेको भन्दै उहाले यसवाट उनिहरुले पछि पछुताउनुपर्ने वताउनुभयो ।
झापाको दमकमा आज आयोजीत नवप्रवेसी कार्यकर्ताहरुको स्वागत कार्यक्रमका वोल्दै उहाले यस विषमा आफ्नो दल अन्तीम समयसम्म लागिरहने स्पस्ट पार्नुभयो । एक अर्को प्रसंगमा किरातीले आफ्नो दलले पस्तुत गरेको राज्य पुर्न संरचनाको खाकानै वैज्ञानिक भएको दावि गर्दै त्यसलाई परीवर्तन गर्ने विषयमा माओवादी सहमत नहुने वताउनुभएको छ । उहाले राज्य पुन संरचनको खाकामा थोरै क्षेत्रहरु फरक गर्न सकिने भएपनि नाम परिवर्तनको विषयमा सम्झौता हुन नसक्ने वताउनुभयो ।
सोहि कार्यक्रमा वोल्दै अर्का केन्द्रीय सदस्य एव कोचिला राज्य समीति इन्चार्ज हरीवोल गजुरेलले मिडीयाले अनावस्यक रुपमा पर्टिभित्रका कुराहरुलाई असामन्य तरीकाले वाहिर निकालेको भन्दै आक्रोस पोख्नुभयो । आन्तरीक रुपमा सामन्य मतभेद भएपनि पार्टिभित्र कुनैपनि सैद्धान्तीक विमति नरहेको वताउदै उहाले त्यसलाई मिडीयाले वंगाएर पर्टिलाई अफ्टेरो पर्ने गरी वाहिर ल्याउने गरेको उहाले दावि गर्नुभयो ।कार्यक्रममा सभासद विस्वदिप लिङदेनले पनि वोल्नुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks