Loving nepal news

Wednesday, January 6, 2010

तीनदलका शीर्ष नेताहरु उच्चस्तरीय राजनीतिक संयन्त्र

काठमाडौं, २२ पुष (दैनिकी)

राष्ट्रपतिको कदमलगायत विवादित राजनीतिक विषयको टुङ्गो लगाउन प्रमुख तीन दलका शीर्ष नेताहरु उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न सहमत भएका छन्। आजबसेको तीन दलका उच्च नेताहरुको बैठकले शुक्रबार बैठक बसि संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । दिउँसो ४ बजे काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा १२ बुँदेदेखि अहिलेसम्मका सहमतिको पुनर्मूल्याङ्कन, सेना समायोजन, संविधान निर्माण, शक्ति बाँडफाँड, राष्ट्रपतिको कदमका विषयमा छलफल गरी प्याकेजमा नै सहमति गर्ने बरेमा छलफल भएको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भेटपछि सञ्चारकर्मी माझ बताउनु भयो । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पनि शुक्रबारको बैठकले राजनीतिक गतिरोधको अन्त्य र ठुला तीन दलबीचको सहमतिको बातावरण तय गर्ने बिश्वाश व्यक्त गर्नु भएको छ । यसैबीच तीनदलका उच्च नेताहरुको बैठक सकिए लगत्तै प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालालाई भेट्न कोईराला निवासमा प्रवेश गर्नु भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks