चिसोले सैयौं बिरामी २० को मृत्यु
काठमाडौं, २१ पुस (दैनिकी)
केहीदिनदेखि वढेको वाक्लो हुस्सु र चिसोले गर्दा मुलुकभर जनजीवन प्रभावित भएको छ । चिसोका प्रभाव उस्तै रहेकाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तराइ क्षेत्रमा स्थल सवारी पनि प्रभावित भएका छन् । विभिन्न जिल्लामा जाडोका कारण कठाङ्ग्रिएर मर्नेहरुको संख्या २० पुगेको प्रहरीले जनाएको छ ।
विहानैदेखि बाक्लो हुस्सु लागेकाले मानिसहरु घरबाहिर अत्यन्त कम मात्रामा निस्केका छन् । सहर बजारमा मानिसको चहल-पहल निकै कम देखिएको छ । चिसोबाट बच्न टोलबस्तीका चोकमा आगो बालेर ताप्ने क्रम अघिल्ला दिनमा भन्दा बढी देखिएको छ । जल तथा मौसम विज्ञान विभागले पनि तराईमा चलेको शितलहर अझै केही दिनसम्म रहने जनाएको छ ।
पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी सर्लाही रौतहटलगायत तराईका बजारहरुमा चिसोको समान रुपमा प्रभाव देखिएको छ । भित्री मधेशहरुमा पनि चिसोको प्रभाव उत्तिकै रहेको छ । यस्तै केही दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण बाँके, बर्दियालगायत मध्यपश्चिम तर्राईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण विगत चार दिनका बीचमा नेपालगन्ज विमानस्थलका अधिकांश उडान प्रभावित भएको बताएको छ ।
सर्वसाधारण कामका लागिसमेत बाहिर निस्कन सकिरहेका छैनन्। विगतका तुलनामा बजार र सडकमा चहलपहल कम छ। बूढापाकाका अनुसार अरु दुई/तीन दिन यस्तै बाक्लो हुस्सु जारी रहे शीतलहर पर्न सक्छ।
तराईमा हरेक हिउँदमा शीतलहर पर्ने गर्छ। जसका कारण अस्पतालमा बिरामीको चाप पनि बढ्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks