नेता पौडेलद्बारा वर्तमान सरकार परीवर्तन नहुने ठोकुवा
सञ्जीव चापागाई,झापा १९ पुस
नेपालि कांग्रेसका उपसभापति एवं संसदिय दलका नेता रामचन्द्र पौडेलले अवको तीन महिना भित्रमा शान्ती प्रकृयालाई निस्कर्षमा पुर्याइ निधारित समयमै संविधान जारी गर्ने गरी कार्य भइरहेकेा वताउनुभएको छ ।
नेपाल प्रस युनियनले आज विहान झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै नेता पौडेलले शान्तीप्रकृयालाई निस्कर्षमा पुर्याइ निर्धारीत मिती २०६७ जेष्ठ १४ गते अगावै नया संविधान जारी हुने गरी कायर् भइरहेको वताउनुभएको हो । पहिले दिगो शान्ति स्थापना नभए संविधान असुरक्षीत रहने उहाको भनाई थियो ।
पौडेलले जथाभावि जतिय आधारमा गणराज्य घोषण गरेर एकीकृत नेकपा माओवादीले जनतालाई ठुलो धोका दिएको आरोप समेत लगाउनुभयो।हत्या हिंसा,वन्द,चन्दा आतंक जस्ता अराजक कृयाकलाप माओवादीले अझै नत्यगेको उहाले वताउनुभयो ।
माओवादीलाई शान्ति प्रकृया र संविधान निर्माणको मुलधारमा ल्याउन कांग्रेसले वर्तालाई निरन्तरता दिदी जनदवाव सिर्जना गर्ने समेत नेता पौडेलले वताउनुभयो । उहाले वार्ता र सहमतिमा आउन माओवादीलाई आग्रह गर्नुभयो ।
अर्को छुट्टै प्रसंगमा नेता पौडेलले वर्तमान सरकार परीवर्तन नहुने ठोकुवा समेत गर्नुभयो ।सडकमा रोइकराइ गरेर सरकार नपाइने वताउदै उहाले माओवादीलाई बहुमत पुर्याएर सरकार वनाउन चुनैतिपनि दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks