Loving nepal news

Saturday, January 2, 2010

अब आमिर खान चित्रकार बन्ने

काठमाडौं, १८ पुष (दैनिकी)

थ्री इडियट्सको अपार सफलता पछी अब आमिर खान नँया चलचित्रमा चित्रकारको रुपमा देखा पर्ने भएका छन्। उनले थ्री इडियट्समा २० बर्षिय बिद्यार्थीको भुमिका निभाएका थिए। धोबिघाट २०१० मा प्रदर्शन हुने आमिरको पहिलो चलचित्र हुनेछ। आफनो धर्मपत्नी किरण रावको निर्देशनमा बनिरहेको यस चलचित्रमा आमिर खानले चित्रकारकोको भुमिका निभाएका छन्। आमिरको अलावा यस चलचित्रमा राज बब्बर तथा स्मिता पाटिलको छोरो प्रतीक बब्बरको मुख्य भुमिका रहेको छ।
आमिरका अनुसार यस चलचित्रको छाँयाकंण सकिसकेर अन्य कामहरु भईरहेको छ। यस चलचित्रमा चार मुख्य पात्रहरु रहेका छन् जस मध्ये आमिर तथा प्रतिक दुई रहेका छन्।
आमिरले किरणसंग काम गर्दा निकै मज्जा आएको तथा किरण सिर्जनात्मक निर्देशक भएको समेत बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks