प्रियास्मृती ढकाल १७ बाँके
शान्ति सम्झौतापछि मध्यपश्चिममा ६१ जनाको हत्या भएको तथ्याङक सार्बजनीक भएको छ। आज नेपालगञ्जमा भएको “संक्रमणकालमा संचारकर्मी र मानबअधिकारकर्मिको चुनौति” बिषयक गोष्ठीमा यस्तो तथ्याङक सार्बजीक भएको हो। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जनक नेपालले संक्रमणकालमा पत्रकार तथा मानवअधिकारकर्मीको दायित्व र चुनौतीहरु बिषयक अबधारणा पत्रमा अज्ञात समुहबाट १९, राज्यपक्षबाट १३, माओबादी र ज्यालासिंहबाट ७/७, बिष्फोटमापरी १० र मधेश आन्दोलनपछि भड्कियको साम्प्रादाकि झड्पमा ५ गरी ६१ जनाको हत्या भएको उल्लेख छ। यो बिचमा १८ शिक्षक, सामाजीक कार्यक्रर्ता र पत्रकार ३/३ , र एक जना कानुन ब्यबसायीको हत्या भएको छ। अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक बाँके संँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखालेे आयोजना गरेको सो गोष्ठिमा बोल्दै केन्द्रिय सदस्य नेपालले तीनबर्षको अबधीमा सबै भन्दाबढी पेशाकर्मी असुरक्षित भएको बताउनु भयो। बिस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरीकको अबस्था सार्बजीक गर्नुपर्ने उल्लेख भएपनि मध्येपश्चिममा अझै ५ सय ७९ जना नागरिकको अबस्था वेपत्ता रहेको केन्द्रिय सदस्य नेपालले जानकारी दिनु भयो। जसमध्ये राज्यबाट ५ सय ७, माओवादीबाट ७० र अज्ञात समुहबाट दुई वेपत्ता छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाँको प्रमुख आथित्यमा भएको गोष्ठीमा बाँके, बर्दिया र सुर्खेतका संचारकर्मी, मानबअधिकारकर्मी र राजनितीक दलका प्रतिनिधी गरी झण्डै ५० जनाको सहभागीता रहेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks