काठमाडौं, १७ पुस (दैनिकी)
आदिवासी/जनजाति बृहत मोर्चा नेपालको बन्द आह्वानका कारण आज राजधानी काठमाडौंसहित देशका प्रमख शहरी क्षेत्रमा आंशिक प्रभाव पारेको छ। राजधानीमा फाट्टफुट्ट सवारी साधन चलेका छन भने बजार खुलेको छ।
पोखराबाट विजय नेपालले पठाएको समाचारअनुसार पोखरा र आसपासको क्षेत्र भने प्रभावित बनेको छ। बन्दका कारण पोखरामा कुनै पनि पसल, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना खुलेका छैनन्। सडकमा प्रेस लेखिएका र एम्बुलेन्सहरुका सवारीहरु भने चलेका छन्।
पटकपटक बन्द हुने गरेपछि सर्वसाधारणहरु भने यसको मारमा परेका छन्। सडकमा पैदलयात्रीहरुको ताँती देखिन्छ। उनीहरु गन्तब्यतर्फ हिडेरै जान बाध्य छन्। पोखरा जोड्ने सिद्धार्थ, पृथ्वी र भूपि शेरचन राजमार्गमा पनि छोटो तथा लामो दुरीका सवारी चलेका छैनन्।
पोखराको मुख्यबजार महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, रामबजार, बगर तथा लेखनाथ नगरपालिकामा बन्दको पूर्णरुपमा प्रभाव छ। भित्री बजारका साना किराना तथा चियापसल भने खुलेका छन्।
आदिवासी जनजातिका कार्यकर्ताहरु पोखराका मुख्य चोकचोकमा बसेर सवारी चल्न रोक लगाएका छन्।
बन्दका कारण पोखरामा जारी ११ औ पोखरा सडक महोत्सव प्रभावित भएको छ। अँग्रेजी नयाँ वर्षको अवसरमा गत पुस १३ गते सुरु भएको सो महोत्सव आज सकिने कार्यक्रम छ। फेवाताल किनारको करिब तीन किलोमिटर क्षेत्रको सडकमा आयोजित महोत्सव अवलोकनका लागि टाढाटाढाबाट मानिसहरु सवारी नचल्दा जान सकेका छैनन्।
पुस महिनामा मात्र योसँगै पाँच दिन बन्द आह्वान भएको छ। गत पुस ५ देखि ७ गतेसम्म एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्चता स्थापित गर्नुपर्ने भन्दै देशब्यापी हड्ताल आह्वान गरेको थियो भने संघीयताको बिरोधमा आन्दोलित राष्ट्रिय जनमोर्चाले पुस १२ गते गण्डकी र धौलागिरीका १० जिल्ला बन्द गराएको थियो। त्यसको हप्ता दिन बित्न नपाउँदै आज आदिवासी/जनजाति बृहत मोर्चा नेपालले संविधासनभामा स्वतन्त्र, पूर्वजानकार मञ्जुरीको संयन्त्र निर्माण गरी संयुक्त राष्ट्रसंघीय महासन्धी १६९ कार्यान्वयन गर्न माग गर्दै नेपाल बन्द आह्वान गरेको हो।
यस्तै दाङबाट देबेन्द्र बस्नेतले पठाएको समाचारअनुसार मोर्चाले गरेको बन्दको प्रभाव दाङमा पनि परेको छ । मोर्चाले गरेको बन्दका कारण दाङको महेन्द्र राजमार्गमा लामो दूरीका सवारी साधान चल्न नसकेको ईलाका प्रहरी कार्यलय लमहीले जनाएको छ।
छोटो दुरीका सवारी साधन भने सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दाङ जिल्लाका आन्तरिक यातायात भने निर्वाध रुपमा चलिरहेको प्रहरिले बताएको छ। दाङबाट लामोदुरिका लागि छुट्ने गाडिहरु भ्ाने आज चलेका छैनन्। नयाँ संविधानमा आदिवासी/जनजातिको आत्म निर्णको अधिकार, सामूहिक अधिकार, ऐतिहासिक पृष्ठभुमि र पुख्यौली भूमिको पहिचान सहितको जातीय स्वायत्तता हुनुपर्नै मोर्चाले माग गरेकेा छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks